Sunday 26 January 2014

गजल

कताथिए कतातिर पुर्याईदियो नियतिले।
जिवनमा चोटैमात्र जुराईदियो नियतिले।

शिखरलाई चुम्ने गन्तब्यमा हिडेको थिए
, तर आज बिचबाटोमै कुराईदियो नियतिले।

Monday 17 June 2013

गजल

गजल:
नसकिने रहेछ जोड्न एकपटक फाटेपछि।
जोड्नुपनि पर्यो किन तिमिले नेटो काटेपछि।

आश अनि बिश्वासका कहा रहे ठाऊ अब,
एकातिर सपना देखाई एकातिर आटेपछि।

छैनन मनमा तिमिप्रति संगालेका सपनाहरु,
गए झरि जिवनबाट तिमिले झाट्नु झाटेपछि।

भौतारिदै हिडिराछु पागल भै दुनियामा,
मेरो मुटु टुक्रा पारि अन्तै मुटु साटेपछि।